आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

· सोमबार, १६ पुस, २०८१ मा प्रकाशित
काठमाण्डौँ , पुस १६ :

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७ औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । 

अधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिनुभयो । 

महासङ्घका अनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ । 

अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो । 

सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा ५० लाखबाट बढाएर दुई करोड बनाउनु पर्ने भनाइ राख्नुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार