
सर्लाही, पुस १८ :
तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका- ९, छतौना बोर्डर आउट पोष्ट (बिओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा मृत्यु भएको छ ।
गए राति बागमती प्रदेश०१- ००६ख २००४ नम्बरको यात्री बसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलबाट बसचालक सहित तीन जनालाई पक्राउ गरेको छ ।