विदेशबाट फर्किएर उद्यम गरिरहेकालाई पुरस्कृत गर्न सरकारले माग्यो आवेदन
बुधबार, १८ पुस, २०८१ मा
प्रकाशित
काठमाण्डौँ , पुस १८ :
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।
मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि २०७६ अनुसार पुरस्कृत गर्न लागिएको जनाएको छ । मन्त्रालयले उद्यमीलाई २१ दिनभित्र आवेदन दिन आह्वान समेत गरेको छ ।
कार्य भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुने सूचनामा जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।