काठमाडौँ, पुस १८ :

नेकपा एमालेबाट निष्काशित भएपछि एमालेका पूर्व उपाध्यक्ष भीम रावलले सत्तारुढ दलहरुको लापार्वाही र चरम भ्रष्टाचारका कारण देशको अवस्था झन नाजुक बनेको बताउनुभएको छ । 

नेपाली जनताको हित र भलो चिताउने काम भन्दा पनि भ्रष्टाचार र नाताबादमा रमाउने वर्तमान नेताहरुको लापारवाहीले हामीले ल्याएको लोकतन्त्र जनताका लागि नभएर सम्भ्रान्त परिवारका लागि मात्र भएको आरोप लगाउनुभयो । 

नेपालको राष्ट्रियताको पक्षमा लाग्दा आफूले पटक पटक दुख भोग्नुपरेको उहाँको भनाइ थियो । 

देशभक्त मुल्य र मान्यतामा हिड्नेहरुलाई केपी ओलीले कोपभाजनमा पारेर आफूलाई पार्टीबाट निष्काशन गरेको उहाँले बताउनुभयो । 

ओलीको पूर्वाग्रहका कारण आफूले दुख पाएको उहाँको दुखेसो थियो ।

आज पत्रकार सम्मेलन गरेर उहाँले नेपाली राजनीतिको साँगोपाँगो अवस्था र आफूपार्टीबाट निष्काशित हुनुपर्ने कारणका बारेमा लामो फेहरेस्ता दिनुभएको थियो । 

यो समाचार तयार पार्दासम्म रावलको पत्रकार सम्मेलन जारी छ।