काठमाडौं, पुस १८ :

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाललाई नियुक्त हुनुभएको छ । 

प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सोही विश्वविद्यालयमा कार्यरत पशु चिकित्साविज्ञ डा. पाललाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा. पाललाई नियुक्त गर्नुभएको हो । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।