
काठमाण्डौँ , पुस १९ :
नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले डिआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत रहेका छन् ।