
काठमाडौं ।, पुस १९ :
नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाह २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।
उहाँको आज (बिहीबार) बिहान कालीमाटीमा रहेको आफ्नै निवासमा निधन भएको हो । भारतले २०४५ सालमा नेपालमाथि लगाएको नाकाबन्दीका बेला शाह भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।
सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बन्नुभएको थियो ।