
काठमाडौं, पुस १९ :
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्युडको भूकम्पको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले काठमाडौंमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
केन्द्रका प्रवक्ता मोनिका झाले वि.सं. २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै परकम्प स्वरुप आजको धक्का महसुस गरिएको बताउनुभयो ।