
जनकपुरधाम, पुस १९ :
मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।
बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मङ्गलबार दिउँसो एक बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा बैठक बोलाउन माग गर्दे आएको छ ।