शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

गाजामा इजरायली आक्रमणमा ७० भन्दा बढीको मृत्यु

· शनिबार, २७ साउन, २०८१ मा प्रकाशित
गाजामा इजरायली आक्रमणमा ७० भन्दा बढीको मृत्यु
काठमाण्डौं, साउन २७ :

गाजा सहरमा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिने एक विद्यालय भवनमा गरिएको इजरायली हवाई हमलामा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु भएका केहीको पहिचान गरिएको भएपनि केहीको पहिचान गर्न गाह्रो भएको अल-अहली अस्पतालका प्रमुख फदल नइमले बताए ।

इजरायली सेनाका प्रवक्ताले अल-ताबाइन स्कूलले सक्रिय हमास र इस्लामिक जिहाद सैन्य सुविधाको रूपमा काम गरेको र त्यहा करीब २० जना आतंकवादी कार्यरत रहेको बताएका छन्। तर हमासले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

आक्रमणको पश्चिमी राष्ट्रहरुले आलोचना गरेका छन् । साथै इजरायलको युद्धविराम वा गाजा युद्ध अन्त्य गर्ने कुनै इच्छा नभएको बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार