
मुगु, पुस २० :
मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४. ४ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ः ०३ बजे भूकम्प भएको हो।
भूकम्पको झट्का नजिकै आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको प्रभावबारे थप अध्ययन जारी राखेको जनाएको छ।