.jpg)
काठमाडौंको भृकुटीमण्डपमा किताब प्रदर्शनी भइरहेको छ । पुस १७ गतेदेखि सञ्चालन भएको प्रदर्शनी २१ गतेसम्म चल्ने आयोजकको भनाइ छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडियाको संयुक्त आयोजनामा भएको प्रदर्शनी स्वदेश तथा विदेशी प्रकाशबीच कपिराइट टेबल म्याचिङ हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘विश्व बजारमा प्रकाशन भएका राम्रा पुस्तक, अनुभव र ज्ञानलाई सदुपयोग गर्ने अवसरका रुपमा प्रदर्शनीलाई लिएका छौं,’ उनले भने । प्रदर्शनीले आपसी भाइचाराको सम्बन्ध स्थापित गर्ने उनको बुझाइ छ ।
उनका अनुसार प्रदर्शनीमा १३ देशका प्रकाशक, लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामग्री उत्पादकको सहभागिता छ ।
पठन संस्कृतिको विकास र पठनशैलीको निरन्तरताका लागि प्रदर्शनी गरिएको प्रकाशक तथा लेखक रामदेव पाण्डे बताउँछन् । उनले अहिलेको अवस्थामा पठनसंस्कृति हराएको र त्यसलाई पुनर्जागृत गर्नका लागि प्रदर्शनीले मद्दत पुर्याउने बताए ।
प्रदर्शनीमा चीन, भारत, जिम्बाबे, थाइल्यान्ड, श्रीलंका, क्यानडा र बंगलादेशलगायत देशका प्रकाशक र लेखक सहभागी छन् ।
हेरौं थप तस्बिर :