काठमाडौं, पुस २१ :

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको गएराति ११ बजेतिर निधन भएको हो ।

उनी कार्यरत नेपाल भ्युज डटकमका अनुसार ३३ वर्षीय पुडासैनीको उपचारका क्रममा निधन भएको हो ।

नेपाल भ्युज डटकमका उपसम्पादकसमेत रहेक उनी काम सकेर कार्यालयबाट कपन सरस्वतीनगरस्थित कोठामा फर्किएका थिए । कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासि ढलेका थिए । तत्काल उनलाई उपचारका लागि चाबहिलस्थित ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरेका थिए । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।

नुवाकोट बेलकोटगढीका उनले हिमालय टाइम्स​,माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सञ्चारमाध्यममा काम गरेका थिए।


अविवाहित पुडासैनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।