शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
राजनीति

बेलायती संसद्‌मा कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ पुस, २०८१ मा प्रकाशित
बेलायती संसद्‌मा कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने
फाइल तस्बिर ।
काठमाडौं, पुस २१ :

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही १३ जनवरीमा संसद् भवनमा आयोजना गरिने विशेष कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ ।

संसद्को त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् । बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार