काठमाडौं, पुस २१ :

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीको कार्यव्यस्तताका कारण शनिबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जनाए । ‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ,’ सापकोटाले भने ।

बैठक आज दिउँसो २ बजे बस्ने तय थियो । आजको बैठक अब भोलि (आइतबार) बिहान ८ बजेदेखि बस्नेछ ।

यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।