काठमाडौं, पुस २१ :

सामाजिक संस्था युथ एड्भोकेसी नेपालको अध्यक्षमा पुनः गणेश धामी चयन भएका छन् ।

यसअघि दुई वर्षको कार्यकाल सम्पन्न गरिसकेका धामी अर्को कार्यकालका लागि पुनः चयन भएका हुन् ।

काठमाडौंमा शनिबार भएको साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।

सभाले धामीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासचिव विनय कार्की र कोषाध्यक्ष गंगा कँडेल रहेको समितमा सञ्जय पन्थी, लक्ष्मी डगौरा, भुपेन्द्र शाह, जिया राजभण्डारी, जिना यादव र आयुषा ढकाल सदस्य छन् ।

१२ वर्षअघि स्थापित युथ एडभोकेसी युवा परिचालनका क्षेत्रमा अग्रणी संस्थाका रूपमा चिनिन्छ ।