
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व देखिएको छ ।
पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी महेशकुमार थापाले १८१ मतमै चित्त बुझाए ।
उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन् । सचिवमा रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भए ।
कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भए । अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी छन् । उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन् ।
सर्वोच्च अदालत बारमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) ले संयुक्त प्यानल बनाएका थिए ।
फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भए । उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन् ।
एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट पनि कोही पनि निर्वाचित हुन सकेनन् ।