काठमाडौं, पुस २२ :

बैंकिङ समाचार डटकम र बिमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाइफको मुख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स २०२५’ पुस २५ गते हुने भएको छ । कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन् ।

डिस्कोर्समा ४ वटा सत्र हुनेछन् । जीवन बिमा, निर्जीवन बिमा, पुनर्बिमा र बिमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धित सत्र हुने आयोजकको भनाइ छ । ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बिमा प्राधिकरण र अर्थ मन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बिमा विज्ञहरुको उपस्थिति रहनेछ । यसैगरी, भारतबाट दुईजना बिमाविज्ञसमेत डिस्कोर्समा आउनेछन् ।

देशको बिमा उद्योगको दिगो विकास, स्थायित्व र प्रवर्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकारात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्स आयोजना गर्दै आइरहेको छ ।