बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट

· आइतबार, २२ पुस, २०८१ मा प्रकाशित
गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट
गोरखा, पुस २२ :

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । 

आरुघाट गाउँपालिका- १ मान्वुस्थित स्याम्चेतमा हिजो राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

आगलागीबाट पूर्णबहादुर सहित उनका छोरा बुद्धिमान लामा र  आइतसिंह लामाको घर जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।

आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार