गोरखा, पुस २२ :

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । 

आरुघाट गाउँपालिका- १ मान्वुस्थित स्याम्चेतमा हिजो राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

आगलागीबाट पूर्णबहादुर सहित उनका छोरा बुद्धिमान लामा र  आइतसिंह लामाको घर जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।

आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।