साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३२ बढेको छ । योसँगै नेप्से २,५९१.५६ विन्दुमा रोकिएको छ ।
आज ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटक खरिदबिक्री हुँदा चार अर्ब ८६ करोड दुई लाख एक हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह ०.५५, वित्त १.०४, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.१४ र म्युचुअल फन्ड ०.७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेका छन् । विकास बैंक ०.०२, होटेल तथा पर्यटन ०.६०, जलविद्युत् १.६७ र लगानी समूह ०.३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा ०.२७, निर्जीवन बिमा ०.०४, व्यापार १.१४ र अन्य समूह ०.१० प्रतिशतले बढेको छ ।
तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार पाँच सय ६ कित्ता किनबेच भए ।