मौसमविद् सरोज पुडासैनी ।
देशभर आंशिकदेखि साधारणत: बदलीको सम्भावना छ । हिउँदयाममा पश्चिम न्यूनचापीय प्रणालीको असर गर्ने हुन्छ । यसको प्रभाव विशेष गरेर भोलि अपराह्नतिरबाट देखिन्छ ।
भोलि (सोमबार) यसको प्रभाव पश्चिमी क्षेत्रहरुमा अलि बढी छ भने पर्सि (मंगलबार) को दिन मध्य र पूर्वी क्षेत्रहरुमा यसको प्रभाव देखिन्छ । यसको प्रभावको कारणले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
देशकै पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको पनि सम्भावना छ । तराईका क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षाको सम्भावना देखिन्छ ।
न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि थोरै स्थानहरुमा हल्का छिटफुट वर्षा हुने सम्भावना देखिन्छ ।
हिउँदयाममा परेको पानी नकारात्मकभन्दा पनि सकारात्मक अर्थात् कृषकहरुलाई फाइदा पुर्याउने मानिन्छ । क्षति नै नपुर्याउने भन्ने छैन, विशेषगरी हवाई क्षेत्रमा आंशिक रुपमा मौसमको क्षति पुग्न सक्छ । यसको साथसाथै पश्चिमी वायुको प्रभावले गर्दा थोरै चिसो पनि बढ्नेछ । अधिकतम तापक्रममा केही गिरावट आउँदा चिसोले बालबालिका र ज्येष्ठ नागरिकहरुलाई असर पर्ने देखिन्छ ।
मौसमविद्का तर्फबाट भन्नुपर्दा लामो समयसम्म पानी परेन भने त्यहाँको वायुमण्डलमा केही न केही रुपमा विषाक्त पक्कै पनि रहेको हुन्छ । यसको साथसाथै यसको स्थिर वायुमण्डल अर्थात् वायुमण्डल चलायमान रहेन, हावा पनि चलेन भने यो अवस्थामा पनि वायुमा प्रदूषण बढी नै हुने देखिन्छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँहरुमा लामो समयदेखि पानी परेको छैन, यसले गर्दा पनि वायुमण्डल त विषाक्त त रहने नै भयो । यसरी लामो समयसम्म पानी नपरेको खण्डमा घरभित्रै (इन्डोर एक्सरसाइज) कसरत गर्न पनि अनुरोध गर्छु ।
काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँहरुमा लामो समयदेखि पानी परेको छैन, यसले गर्दा पनि वायुमण्डल त विषाक्त त रहने नै भयो । यसरी लामो समयसम्म पानी नपरेको खण्डमा घरभित्रै (इन्डोर एक्सरसाइज) कसरत गर्न पनि अनुरोध गर्छु । पानी परेको अवस्थामा भने मर्निङवाक गर्न उपयुक्त नै हुने देखिन्छ ।
पक्कै पनि अहिलेको वायुमण्डलको अवस्था विषाक्त नै छ । पक्कै पनि लामो समयदेखि पानी नपर्दा वायुमण्डल विषाक्त देखिएको हो । काठमाडौंलगायत धेरै सहरहरुमा पीएम २.५ को मात्रा वायुमण्डलमा बढेका कारण अहिलेको अवस्था विषाक्त देखिएको हो ।
पर्सि (मंगलबार) देशैभर आंशिकदेखि साधारणत: बदली एवं देशैभर वर्षा र हिमपातको सम्भावना देखिन्छ । बुधबारको बिहानैदेखि भने मौसममा सुधार आउने देखिन्छ ।
लामो समयदेखि तापक्रमको अवस्था हेर्दा माघको पहिलो साताबाट नै जाडो केही कम हुने देखिन्छ । अहिलेको प्रणालीले असरले गर्दा तापक्रममा केही गिरावट आउँदा जाडोको महसुस हुन्छ । विशेषगरी माघको १ गतेबाट नै जाडो विस्तारै कम हुने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट दिनहुँ मौसमी प्रणालीहरुलाई हामीले अनुगमन (मोनिटरिङ) पनि गरिरहेका हुन्छौं । साथै ती सूचनाहरुलाई सबै सर्वसाधारणले लिने र मौसम पूर्वानुमानको जानकारी लिएर यात्रा गर्नका लागि अनुरोध गर्न चाहन्छौं ।
-मौसमविद् पुडासैनीसँग सक्रिय न्युजले गरेको कुराकानीका आधारमा ।