
काठमाडौँ, साउन २८ :
गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
तिमिल्सिना ललितपुर महानगरपालिका - १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा शनिबार राति बेहोस अवस्थामा फेला परेपछि परिवारका सदस्यहरूले पाटन अस्पताल लगेका थिए । त्यहाँ उनलाई चिकित्सकले मृत घोषित गरेको ललितपुर प्रहरीले जनाएको छ ।
तिमिल्सीनाको शव अहिले केहिबेरमा सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।
तिमिल्सिनाका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ, नमान लाज यसरी लगायतका गीतहरू चर्चित रहेका छन् ।