
स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको हो ।
समितिले छनोटमा परेको परियोजनालाई आगामी आइतबारदेखि व्यावसायिक योजना माग गरेको छ ।
व्यावसायिक योजना प्रस्तुत गरी तोकिएको मापदण्ड पूरा गरेका परियोजनाले कर्जा पाउने समितिले जनाएको छ । समितिले आगामी चैत दोस्रो सातादेखि छनोटमा परेका परियोजनालाई कर्जा उपलब्ध गराउने तयारी छ ।
छनोट भएका परियोजनाले तीन प्रतिशत ब्याजमा बिनाधितो अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्ने समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले जानकारी दिए
सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि- २०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८१- ८२ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
प्रारम्भिक सूची र थप जानकारीका लागि Industrial Enterprise Development Institute – IEDI मा क्लिक गरेर हेर्न सकिने छ ।