आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार अर्थतन्त्र

सोमबार लोकल गोलभेडा सस्तियो, अन्य तरकारी र फलफूलको मूल्य कति ?

· सोमबार, २३ पुस, २०८१ मा प्रकाशित
सोमबार लोकल गोलभेडा सस्तियो, अन्य तरकारी र फलफूलको मूल्य कति ?
काठमाडौँ, पुस २३ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी ८०, गोलभेडा सानो लोकल प्रतिकेजी २५, गोलभेडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेडा सानो तराई प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ ।

आलु रातो प्रतिकेजी ४८, आलु रातो भारतीय प्रतिकेजी ४०, प्याज सुकेको भारतीय प्रतिकेजी  ७०, गाजर लोकल प्रतिकेजी १००, गाँजर तराई प्रतिकेजी ९०, बन्दा लोकल प्रतिकेजी ३०, बन्दा तराई प्रतिकेजी २५, बन्दा नरिवल प्रतिकेजी ३०, काउली स्थानीय प्रतिकेजी ३०, स्थानीय काउली ज्यापु प्रतिकेजी ४०, काउली तराई प्रतिकेजी २०, मूला रातो प्रतिकेजी  ३५, मूला सेतो लोकल प्रतिकेजी ३५, सेतो मूला हाइब्रिड प्रतिकेजी ४०, भन्टा लाम्चो प्रतिकेजी ५०, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ६०, मटरकोसा प्रतिकेजी ९०, घिउ सिमी लोकल प्रतिकेजी ७०, घिउ सिमी हाइब्रिड प्रतिकेजी ७०, घिउ सिमी राजमा प्रतिकेजी  ८० टाटे सिमी प्रतिकेजी ५०, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ६० रुपैयाँ निर्धारण भएको छ ।

ब्रोकाउली प्रतिकेजी ५०, चुकन्दर प्रतिकेजी ९०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ८००, सौफको साग प्रतिकेजी ९०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ८०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्दुक प्रतिकेजी ३०० तोकेको छ ।

समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फूजी प्रतिकेजी ३००, केरा दर्जन १७०, कागती प्रतिकेजी १४०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २५०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १२५, सुन्तला भारतीय प्रतिकेजी १००, निबुवा प्रतिकेजी ५०, नासपाती चाइनिज प्रतिकेजी २५०, निर्धारण गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार