काठमाण्डौं, पुस २३ :
त्रिभुवन विमानस्थल काठमाण्डौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरि सुरक्षित अवतरण गरिएको छ ।
विमान सबा ११ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।
विमान आधा समय उडान गरिसकेपछि समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।