
नेप्से परिसूचक आज (सोमबार) ४९.१२ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढेको नेप्से २,६४०.६८ विन्दुमा पुगेको छ ।
विभिन्न ३१२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ रुपैयाँ कारोबार भएको छ ।
आजको कारोबारपछि २२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको मूल्य ओरालो लागेको छ । साथै, चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहस ऊर्जा लिमिटेडको सेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।