काठमाडौँ, पुस २४ :

ललितपुरको सातदोबाटोमा रहेको एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गए राति छापा हानेर उनीहरूलाई पक्राउ गरेको हाे ।

पक्राउ गर्नेमध्ये दुई जना भारतीय र अन्य नेपाली नागरिक रहेको सीआईबीले जनाएको छ ।

उनीहरूले उक्त कल सेन्टरबाट अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

उनीहरूको साथबाट ल्यापटप र मोबाइल समेत बरामद भएको र आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।