जनकपुर, पुस २४ :

मधेश प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । 

आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेस प्रदेश सभाको चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ ।

त्यस्तै, सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, मधेस प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्यक्षता गर्ने सांसदको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदादास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने लगायतका कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।