काठमाडौँ, पुस २४ :

नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । 

मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने केही बढेको छ।  सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार २० रुपैयाँ बढेर १ हजार ८३० मा कारोबार भइरहेको छ ।