काठमाडौँ, पुस २४ :

नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना जारी गर्दै आरोहण खुला गरेको जनाएको हो ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ । 

योसँगै नेपालमा अनुमति प्राप्त हिमाल आरोहणको सङ्ख्या ४७६ पुगेको छ ।