काठमाडौँ, पुस २४ :

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका- १३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ आगलागी हुँदा करिब छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका- ९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।