काठमाडौँ, पुस २४ :

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा आज बिहान गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

आज दिउँसोसम्म कुल ९५ जनाको मृत्यु भएको र अन्य १३० जना घाइते भएका बीबीसीले जनाएको छ।

नेपाली समय अनुसार बिहान  ६ बजेर ५० मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।।