काठमाडौँ, पुस २५ :

मेष : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

मिथुन : विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । प्रेमीले तपाईंको विचारलाई समर्थन गर्नेछन् ।

कर्कट : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

सिंह : नयाँ कार्यको योजना बन्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

कन्या : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । ज्ञानमा वृद्धि हुनेछ ।

तुला : प्रेम र मित्रताको बन्धन कसिने समय छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

वृश्चिक : वैदेशिक कार्य भने अघि बढ्नेछ । धन सञ्चयको अवसर प्राप्त होला ।

धनु : आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।

मकर : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।

कुम्भ : एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसंगका लागि समय उत्तम छ ।

मीन : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ । आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला ।