आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार अर्थतन्त्र कृषि

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित, नाफा ९२ करोड १९ लाख पुग्यो

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
साना किसानको १४ प्रतिशत बोनस शेयर पारित, नाफा ९२ करोड १९ लाख पुग्यो
काठमाडौँ, पुस २५ :

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३ औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९- ८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०- ८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ ।

यसैगरी आव २०७९- ८० मा कुल सञ्चालन आम्दानी एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०- ८१ मा ३१ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार