सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
चैनपुर नगरपालिका- १ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालु लगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ ।
चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
हिउँले ढाकेको गुफापोखरी-
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।