
काठमाडौं, पुस २५ :
लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा काठमाडौंमा बुधबार सम्पन्न भएको छ ।
सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।
आर्थिक वर्ष ०८०/८१ मा तीन खर्ब ३३ अर्ब निक्षेप र दुई खर्ब ५८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार तीन खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले दुई अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।