बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र कर्पोरेट

लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, पुस २५ :

लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा काठमाडौंमा बुधबार सम्पन्न भएको छ ।

सभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।

आर्थिक वर्ष ०८०/८१ मा तीन खर्ब ३३ अर्ब निक्षेप र दुई खर्ब ५८ अर्ब कर्जा पुर्‍याएको बैंकको वासलातको आकार तीन खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले दुई अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार