शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
समाचार प्रदेश कोसी प्रदेश

उमागौरी कृषि सहकारी ठगी प्रकरण : १० लाख धरौटी बुझाएर अञ्जला कोइराला रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
उमागौरी कृषि सहकारी ठगी प्रकरण : १० लाख धरौटी बुझाएर अञ्जला कोइराला रिहा
विराटनगर, पुस २५ :

सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासको आदेशबमोजिम कोइरालाले १० लाख रुपैयाँ धरौटी बुझाएर बुधबार रिहा भएकी हुन् ।

भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फरार कोइराला बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना आरोपमा कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार