काठमाण्डौं, पुस २६ :

अमेरिकाको लस एन्जलसको रुन्यन क्यान्यन नजिकै रहेको हलिउड हिल्समा अर्को आगलागी भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

रुन्यन क्यान्यन र हलिउड हिल्स लस एन्जलसको सबैभन्दा प्रसिद्ध भागहरू मध्ये एक हो । सो ठाउँ प्रतिष्ठित हलिउड चिन्हको घर हो।यसअघि पालिसाडेस,इटन,हर्स्ट र वुडली गरी चार वटा डढेलो लागेको थियो जुन अहिले पनि नियन्त्रण बाहिर रहेको छ । 

आगोलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी संरचना जलेका छन् । १ लाख  भन्दा बढी मानिसहरू ईटनको आगोबाट र ३७ हजार भन्दा बढी मानिसहरू पालिसाडेस आगोलागीका कारण भाग्न बाध्य भएका छन् ।

मंगलबार भएको पहिलो डढेलो पालिसाडेस अहिले एलएको इतिहासकै सबैभन्दा विनाशकारी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपरको डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको अभाव भएको समाचार छ ।