काठमाडौँ, पुस २६ :

परराष्ट्र सचिव अमृतबहादुर राईले देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबारदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव राईले भने “हाम्रो देश चुनौती र आवसरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु ।”

सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका परराष्ट्र सचिव राई सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश  गरेका थिए । उनले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सङ्गठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिवका रूपमा सेवा गरिसकेका छन् ।
 
गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई परराष्ट्र सचिवमा पदोन्नति गरेको हो ।