उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
तनहुँ महोत्सवमा बिहीबार उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
तनहुँको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन,’ उनले भने । कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको सिंहले बताए ।
त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको जीविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको दाबी गरे ।
महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे