पोखरा, पुस २६ :

जिल्ला अदालत कास्कीले  आज पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले  धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित  जिल्ला अदालतमा दर्ता गराएको थियो ।