
मेष : जटिल ठानिएको काम सम्पादन हुने छ । पुनर्मिलनको योग छ। प्रेमीसँग नयाँ स्थान भ्रमण गर्ने दिन छ ।
वृष : चिताएको कार्यमा सोचेजस्तो सफलता मिल्ने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।
मिथुन : पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।
कर्कट : आम्दानी बढाउने काम सुरु हुनेछन् । विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्।
सिंह : व्यवसायका लागि यात्राको सम्भावना छ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। सामाजिक सेवा गर्ने अवसर मिल्ने छ ।
कन्या : कसैले झुटो आश्वासन दिन सक्ने भएकाले सचेत बन्नुपर्ने दिन छ । पर्यटकीय स्थलको भ्रमणमा निस्कने योग छ ।
तुला : नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । परिवारका सदस्यसँग भेटघाट र मनोरञ्जनपूर्ण वातावरण बन्नेछ ।
वृश्चिक : काम गर्ने हौसला र सफल यात्राको योग छ। माया प्रेम बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ।
धनु : साथीभाइसँग रमाइलो गरी दिन बित्नेछ। मन हर्षित र प्रसन्न हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
मकर : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणयसम्बन्ध प्रगाढ बन्नेछ।
कुम्भ : रमाइलो यात्राको योग छ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ।
मीन : रमणीय र सुखद यात्राको योग छ। सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ। शिक्षामा सफलता मिल्नेछ ।