काठमाडौँ, पुस २७ :

नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन आव्हान गरिएको छ ।

अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि रिक्त रहेको सो पदमा आवेदन माग भएको हो ।