काठमाडौं, पुस २७ :

अमेरिकाको भर्जिनिया चान्टिलीमा रहेको एउटा होटेलबाहिर पोखरीमा कार डुब्दा कारमा रहेका २ जनाको मृत्यु भएको त्यहाको प्रहरीले जनाएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीले सेन्टरभ्यू ड्राइभमा रहेको एक होटेलनजिकै हिउँमा चिप्लिएर कार दुर्घटना भएको समाचार छ ।

मृत्यु हुनेमा कार चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्ट रहेको सीएनबीसी वासिङ्टनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

कार १० फिट गहिरो पोखरीमा फसेको थियो । उद्धार टोली कारमा पुग्दा उनीहको मृत्यु भइसकेको त्यहाको प्रहरीले जनाएको छ ।