काठमाडौँ, पुस २७ :

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ शुक्रबार काठमाडौँ आइपुगेको छ ।

गोरखा दरबारबाट आइतबार शाहले हिँडेको पदमार्ग पछ्याउँदै निस्केको सेनाको र्‍यालीलाई आज काठमाडौँको तारकेश्वर नगरपालिका- ३ पाँचमानेमा स्वागत गरिएको छ ।