
नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधान, वाणिज्य सन्धि पुनरावलोकनलगायतका विषय उठाउने भएको छ ।
बैठकमा नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रवक्ता बाबुराम अधिकारीले बताए। भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको बैठक निकै महत्त्वपूर्ण हुने जनाइएको छ।
उनले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको बताए । उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए । उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने बताए ।
बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पु¥याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
विगत चार वर्षपछि भएको यो बैठक नेपाल भारतबीच केही समयदेखि व्यापार पारवहनमा देखिएका समस्या समाधान गर्ने विषयमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । बैठक भोलि सकिनेछ ।
यो पनि…