नवलपरासी पूर्व, पुस २७ :

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबास नजिकैको विनयी खोलामाथिको पुल भाँचिएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण आज साँझ पुल भाँचिएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

पुल भाँचिएपछि सो राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनहरु बीच बाटोमै राेकीएका छन् । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग संचालन हुने अवस्था देखिदैन ।

पुलमा फसेको उक्त लरी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पुल जीर्ण अवस्थामा पुगेको लामाे समय भइसकेकाे थियाे ।