शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
समाचार राजनीति

मोदीलाई नेपाल भ्रमण गर्ने निम्तो पठाए प्रधानमन्त्री ओलीले

· आइतबार, २८ साउन, २०८१ मा प्रकाशित
PM indian secretory meet
काठमाडौँ, साउन २८ :

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

प्रधानमन्त्री ओली र विदेश सचिव मिस्रीबीच आज भेटवार्ता भएको थियो । 

विदेश सचिव मिस्री नेपालको दुई दिने भ्रमणमा आज नेपाल आउनु भएको हो ।

उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग पनि आजै भेट गर्नुभएको छ ।

विदेश सचिव मिस्री भोलि स्वदेश फर्कनु हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार