
पुर्वी नवलपरासी, पुस २८ :
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
विनयी त्रिवेणी गाउँपालिका- १ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी- २ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक,डाँडाचौर,होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।
हिजो अपराह्न विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पुल भाँचिदा बुटवलबाट चितवनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल शून्य एक एएच नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।