पुस २८ :

अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई हानि पुर्‍याउन लगाइएको हो । जसले युक्रेनमा उसको युद्धलाई साथ दिइरहेको छ ।

यसले २०० भन्दा बढी संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाइएको छ । जसमा व्यापारी र अधिकारीहरूदेखि बिमा कम्पनीहरू र सयौं तेल ट्याङ्करहरूसम्म पर्छन् ।

युक्रेनमा रूसको आक्रमणपछि यो पहिलोपटक हुनेछ । बेलायतले अमेरिकासँग मिलेर ऊर्जा कम्पनीहरू गेजप्रोम नेफ्ट र सर्गुटनेफ्टग्यासमाथि प्रत्यक्ष प्रतिबन्ध लगाएको छ ।

बेलायती विदेश सचिव डेभिड लामीले भने, ‘रूसी तेल कम्पनीहरूलाई आक्रमण गर्नाले रूसको युद्धकोष खाली हुनेछ र पुटिनबाट खोसिएको प्रत्येक रुबल (रूसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ ।’

शुक्रबार अमेरिकी अर्थ विभागले घोषणा गरेका केही प्रतिबन्धहरू कानुनत: लागु हुनेछन् । यसको अर्थ यदि आगामी ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाउन चाहे भने यसलाई कंग्रेसबाट पारित गर्नुपर्ने हुनेछ ।’

यसबाहेक, अमेरिकाले रुसबाट कानुनी रूपमा ऊर्जा किन्न सक्ने उसका सहयोगीहरूलाई कम गर्ने दिशामा पनि काम गरिरहेको छ ।
-बीबीसी